दीपक भट्टराई / नलवलपुर । खडेरीका कारण नवलपुरमा मकै उत्पादनमा असर पर्नुका साथै धान रोपाइँ समेत प्रभावित हुने भएको छ । लामो समयदेखि पानी नपरेपछि नवलपुरका किसानले धान रोपाइँ गर्न पाएका छैनन ।
खडेरीले धानको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका तरकारी खेतीसमेत ओइलाउन थालेपछि किसानलाई चिन्ताले सताउन थालेको छ ।
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको देबचुली नगरपालिका १५ का लिलाधर अधिकारीले बताए । उनले भने, ‘ यस वर्ष समयमै रोपाइँ गर्न पाईएला जस्तो छैन । खडेरीका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको र धानको बिउसमेत सुकेको छ।’
देबचुली नगरपालिका कृ्षि बिकास शाखाका प्रमुख गगन भट्टराईले लामो खडेरीका कारण मकैमा हरियो डाँठ देखिएपनि दाना कम लागेको बताए । सिचाई भएको ठाउमा उत्पादन राम्रो भएपनि आकाशे पानीको भरपर्नै खेतियोग्य जमीनमा खडेरीले गरेको असरका कारण उत्पादनमा कमि आउन सक्ने बताए ।
उनले भने, ‘देबचुलीमा गत बर्ष भन्दा २ सय हेक्टर बढि क्षेत्रफलमा मकै उत्पादन भएपनि लामो समयसम्म वर्षा नहुँदा मकै उत्पादनमा कमि आउन सक्छ ।’
भट्टराईका अनुशार देबचुली नगरपालिकाले किसानलाई राहात दिन धानको बिउमा ५० प्रतिशत अनुदान दिएको छ । नवलपुरका देबचुली, कावासोती, गैडाकोट, मध्यबिन्दु नगरपालिका, हुप्सेकोट र बिनयी त्रिबेणी गाउँ पालिकाका धानको उत्पादन राम्रो हुँदै आएपनि लामो समयसम्म वर्षा नहुँदा बिउराख्न र रोपाई शुरू गर्न किसानले पाएका छैनन।
नवलपुरमा झण्डै ६० हजार ६ सय ६७ हजार हेक्टर खेती योग्य जमिनभए पनि २७ हजार ३ सय ६१ हेक्टरमा मात्रै सिँचाइको सुविधा पुगेको छ । बाँकी आकाशे पानीमा भर पर्नु पर्ने बाध्यता किसानलाई छ ।
नवलपुरमा मुख्य बाली धान मकै र गहुँ हो । जिल्लाभर झन्डै २० हजार हेक्टरमा धान खेती उत्पादन हुँदै आएको कृर्षी ज्ञान केन्द्र नवलपुरले जनाएको छ । ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछाने खडेरीका कारण मैके उत्पादनमा समेत असर परेको बताउँछन् । मुख्य बाली धान लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।
लामिछानेले लामो समयदेखि वर्षा नहुँदा नवलपुरमा धानको बीउ सुकेका कारण समस्या भएको बताए । ‘मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन्, उनले भने, असार महिनाको पहिलो सातासम्म बर्षा भएमा नवलपुरको धान उत्पादनमा असर नपर्नै प्रमुख लामिछानेको भनाई छ ।
हेर्नुहोस् खडेरीको असर








