एजेन्सी । कतिपय मानिसलाई चियासँग बिस्कुट नभै नहुने पनि हुन्छ । चियासँग हरेक समय बिस्कुट खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
आमरुपमा बिस्कुटमा मैदा, चिनी तथा तेलको प्रयोग गरिएको हुन्छ । जसले गर्दा त्यसमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ । त्यसैले चियासँग बिस्कुटको सेवन गर्नाले शरीरमा क्यालोरीको मात्रा बढ्न सक्छ । जसले गर्दा मोटोपनको शिकार पनि भइन्छ ।
त्यस्तै बिस्कुटमा चिनीको मात्रा अत्यधिक हुने भएकाले यसले दाँतमा पनि नोक्सान पुर्याउन सक्छ । अत्यधिक मात्रामा चिनीको सेवन गर्नाले गिँजामा पनि समस्या देखिन सक्छ ।
यसरी चिया र बिस्कुट नियमित खाइरहने गर्दा मोटोपनको शिकार हुने अत्यधिक सम्भावना हुन्छ । किनकी बिस्कुटमा धेरै चिनीको मात्रा हुन्छ साथमा चियामा पनि चिनीको मात्रा हुन्छ । मैदा र चिनीले बनेको बिस्कुटको सेवन गर्दा कब्जियतको अत्यधिक सम्भावना हुन्छ । त्यसैले यदि कब्जियतको समस्याबाट बच्न छ भने पनि चियासँग बिस्कुटको सेवन नगर्नुहोस् ।









