पौडी खेल्ने क्रममा डुबेर गैँडाकोटमा दुई बालकको मृत्यु

कावासोती । नवलपुरको गैँडाकोटमा पोखरीमा डुवेर दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक (डीएसपी) बेद बहादुर पौडेलले जानकारी दिए ।

मृत्युहुनेमा गैँडाकोट ४ झपर्दी  घर भएका १३ वर्षका प्रतिक परियार र १५ वर्षका  प्रविन श्रेष्ठ रहेको डीएसपी पौडेलको भनाइ छ । उनिहरु स्थानीय ज्ञानकुन्ज स्कूलका कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु हुन् । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् । दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।