काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ। हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो।
नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।
गणनाअनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४, १९४.३ हेक्टर हुन आएको देखिन्छ । नेपालमा बाली सघनता दर १.९१ देखिएको छ। यो सूचकले नेपालमा कृषकहरूले वर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।







