कावासोती । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कावासोती शाखाले ३ दिने आधारभूत तरकारी खेती तालिम कावासोतीमा सम्पन्न भएको छ ।
भदौ २४ देखि सुरू भएको तालिम तीन दिनसम्म चलेको थियो । कावासोती ८ मा रहेको नेपाल आमा समुहको भवनमा सम्पन्न भएको तालिममा ४७ जना सहभागी भएका थिए ।
लघुवित्तका सदस्यलाई आत्मनिर्भर, स्वरोजगार, उद्यमी बनाउनका साथै कर्जाको दुरुपयोग हुनबाट जोगाउन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा कावासोती शाखाका शाखा प्रवन्धक शोभा कडेलले बताइन् ।
कार्यक्रममा प्रशिक्षकको रूपमा निशान श्रेष्ठ थिए । तालिम अवधिभर बेमौसमी तरकारी खेती बारे जान्नु पर्ने आधारभूत जानकारी र ध्यान दिनुपर्ने कुराहरू, नर्सरी ब्यबस्थापन, खेती प्रविधि, जैविक झोल मलको प्रयोग, रोग तथा प्रयोग विधि, वित्तीय साक्षरता बारे छलफल भई अभ्यास समेत भएको जनाईएको छ ।







