नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

कावासोती । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सोमबार वेपत्ता भएका नवलपुर देवचुली नगरपालिका केउरेनीका १५ वर्षीय संयोग ढकालको मृत्यु भएको हो ।

हिजोदेखि वेपत्ता भएको ढकालको शव आज प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनी वेपत्ता भएपछि नवलपुरबाट प्रहरी वरिष्ठ नायव निरिक्षक शेरबहादुर थापाको कमाण्डमा खटिएको ५ जनाको टोलि र सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेबाट शसस्त्र प्रहरी निरिक्षक विनोद पौडेलको कमाण्डमा खटिएको ५ जनाको टोलिले ढकालको शव फेला पारेको हो ।