यो वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने अनुमान

एजेन्सी । यो वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसंघीय एजेन्सीले जनाएको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर ४.९ प्रतिशत हुने अनुमान गरेको छ। यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यो वर्ष ५.२ प्रतिशत हुने पूर्वानुमानपछि आएको हो।

जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर ४.९ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ। यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, ‘श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिला विशेषरूपमा प्रभावित छन्।’

प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन्। अर्थात् उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन्। तर काम गर्न चाहने कामविनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ।

महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ। कम आय भएका देशहरूमा महिला विशेषगरी पीडित रहेका थिए। पुरुषहरूको १५.३ प्रतिशतको तुलनामा २२.८ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थे। उच्च आय भएका देशका लागि महिलाको यो दर ९.७ र पुरुषहरूका लागि ७.३ प्रतिशत थियो।

महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ। प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५.६ प्रतिशत महिलाहरू र ६९.२ प्रतिशत पुरुष कार्यरत रहेको उल्लेख छ।

‘विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बाबजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ’, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भने, ‘हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ।’