एजेन्सी । ब्रिटिस फोटोग्राफर निमा सरिखानीले खिचेको हिउँमा सुतिरहेको ध्रुवीय भालुको तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपुल्स च्वाइस अवार्ड’ जितेको छ।
पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले यो अवार्ड जितेका हुन् । सोखका लागि फोटो खिच्ने सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बताएको बीबीसीले जनाएको छ ।
पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । बहुमतको आधारमा सोही फोटोले ‘पिपल्स चोइस अवार्ड’ जित्न सफल भएको हो ।
नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष वाइल्डलाइफ फोटोग्राफर अफ दि ईयर पिपल्स च्वाइस अवार्ड फोटोग्राफी प्रतियोगिता आयोजना गर्दछ । सन् २०२३ का लागि ५० हजार भन्दा बढी फोटाहरु प्राप्त भएका थिए । तीमध्ये १०० फोटाहरु अन्तिम प्रतिस्पर्धामा राखिएका थिए ।
सिरिखानीले आफ्नो फोटोलाई ‘आइस बेड’ (बरफको ओछ्यान) नाम दिएको थिए । जलवायु परिवर्तनको विश्वव्यापी संकटका बीच मस्त निद्रामा रहेको भालुको फोटो आशा जगाउने खालको रहेको उनले उल्लेख गरेका छन् ।








